तनहुँमा बस र ट्रक ठोकियो, गम्भीर घाईतेको मनिपालमा उपचार हुँदै

पोखरा, साउन ३० ।
पृथ्विराजमार्ग अन्तरगत तनहुँको ब्यास नगरपालिकामा १२ ना ४ ख ५४९१ नम्बरको बस र ना ६ ख ३२९३ नम्बरको ट्रक ठोकिएका छन् । बस र ट्रक ठक्कर खादा बस चालक सहित बसमा सवार १६ जना घाइते भएका छन् ।

गम्भिर घाइते भएको ५ जनालाई पोखराको मणिपाल अस्पतालमा उपचार भैरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । सामान्य घाइते भएका ११ जनाको समान्य उपचार पछि घर फर्किएका छन् । ट्रक चालक र दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।