तनहुँमा पराल बोकेको ट्याक्टर पल्टियो, २ जनाको मृत्यु

तनहूँ, मंसिर १६ ।
तनहुँको घिरिङ गाउँपालिका–३ सिलिङमा शनिबार राति ११ बजे ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक भीमाद नगरपालिका–१ बस्ने २६ वर्षीय इन्द्रबहादुर नेपाली र घिरिङ गाउँपालिका–३ बस्ने ३६ वर्षीय सुकबहादुर विक रहेका छन् ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सिलिङ भन्ने ठाउँबाट घिरिङ बजारमा पराल लिएर आउँदै गरेको ना६त ६८६० नम्बरको ट्याक्टर सडकबाट करिब १ सय मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।