तनहुँमा ट्रक पल्ट्यो, एकजनाको मृत्यु

पोखरा, माघ १६ ।
तनहूँको म्याग्दे गाउँपालिकामा ट्रक पल्टिँदा एकजनाको मृत्यु भएको छ । पोखराबाट दमौली जाने क्रममा थर्पु नजिक ट्रक पल्टिएको हो । दुर्घटनामा म्याग्दे ७ का १७ बर्षीय सन्दिप श्रेष्ठको ज्यान गएको छ ।
ग१ख ३७३८ नंको ट्रक सोमबार अनियन्त्रित भएर पल्टिँदा ट्रकमा सवार श्रेष्ठको ज्यान गएको हो । ट्रक दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दमौलीका प्रमुख उमेशराज जोशीका अनूसार घाइतेको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।