ढुंगाले हानेर पोखरामा एकजना घाईते

पोखरा, चैत ४ ।
पोखरामा एक अपरिचित ब्यक्तिले ढुंगाले हान्दा एकजना गम्भीर घाईते भएका छन् । पोखरा २९ पट्नेरी बस्ने ११ बर्षिय रेशम मगरलाई अपरिचित ब्यक्तिले ढुंगाले हान्दा उनी घाईते भएका हुन् ।

उनको टाउकोमा चोट । मगरको पोखरा स्थित मनिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।