डेढ किलो गाँजा सहित दुईजना पोखराबाट पक्राउ

पोखरा, भदौ ६ ।
गाँजाको कारोवार गरेको आरोपमा पोखराबाट दुईजना पक्राउ परेका छन् । पोखराका विभिन्न ठाउँमा लागूऔषध कारोकार गर्ने गरेको आरोप उनीहरुमा छ । सोही सूचनाका आधारमा प्रहरीले गरेको खानतलासी पनि उनीहरुको साथबाट गाँजा भेटिएको थियो ।

ईलाका प्रहरी कार्यालय हंशपुर कास्कीबाट खटिएको गस्ति टोलीले चेकजाँचको गर्ने क्रममा पोखरा २७ ज्यामिरेकुनाबाट सोही ठाउँका २३ बर्षीय सन्दिप विक र २९ बर्षीय किशोर तिमिल्सेना पक्राउ परेका हुन् ।

ग ५ प ५८७९ नम्बरको मोटरसाइकलमा हिडिरहेका उनीहरुलाई शंका लागेपछि चेकजाँच गर्दा २० ग्राम गाँजा फेला परेको थियो । सोधपुछ गर्दै जाँदा उनीहरुको कोठामा पनि गाँजा भेटिएको प्रहरीले जनाएको छ । सन्दिप बिकको कोठाबाट १ किलो ४ सय ४० ग्राम गाँजा फेला परेको कास्की प्रहरीले जनाएको छ ।