डीएसपी जोशीलाई नेपाल प्रताप सु–भुषण पदक

पोखरा, असोज ३० ।
प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशी सम्मानित भएका छन् । यो वर्षको नेपाल प्रताप सु–भूषण पदकबाट जोशी सम्मानित भएका हुन् । उनलाई ६८ औँ प्रहरी दिवसको अवसरमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कँुवरले उक्त सम्मान प्रदान गरे ।

उनलाई सो सम्मान राष्ट्र सेवामा पु¥याएको योगदानको आधारमा प्रदान गरिएको हो । यस अघि उनी अन्य आन्तरिक सम्मानबाट समेत सम्मानित भएका थिए । जोशीले प्रहरी सेवामा १५ वर्ष सेवा गरिसकेका छन् । उनी युएन मिसनमा समेत सेवा गरेर आएका हुन् ।

जोशी वडा प्रहरी कार्यलय रामबजार तथा वडा प्रहरी कार्यालय बैदामका प्रमुख भएर काम गरे । केही समअघि आफ्नो ड्युटी नभएको क्षेत्रमा खटाएर जोशीलाई मनिपालको घटनासँग जोडेर सरुवा गरिएको थियो । उनी तत्कालीन समयमा राजनीतिक कोपभाजनमा परे ।

यद्यपी जोशी कुश प्रहरी अधिकारी हुन् । ‘यो मेरो जीवनमा अति नै मुल्य राख्ने सम्मान हो । यसको लायक बनाउने र सम्मान गर्ने नेपाल प्रहरी परिवारलाई हार्दि धन्यवाद,’ उनले भने, ‘मेरो क्षमता र दक्षता अझै बढी यही सेवामा लगाउने छु ।’