डीएसपीलाई साढे ३ लाख घुस दिन खोज्दा ३ जना पक्राउ

काठमाण्डौं, बैशाख १ ।
महानगरीय प्रहरी वृत्त स्वयम्भूका डीएसपीलाई घुस दिन खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गएराती डीएसपी सुधीर राज शाहीलाई घुस दिन खोज्ने सर्लाही हरिपुरका श्याम बिक, सुर्खेत हरिपुरकी दीपा राना र नुवाकोट ककनीका भरत तामाङ पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार श्याम बा ५ ख ४८४२ बस चालक हुन् र उनी ३ लाख घुस बोकेर डीएसपी शाहीकहाँ पुगेका थिए । यस्तै दीपा थप ५० हजार नगद लिएर भरतसँगै जाँदा उनीहरु पनि पक्राउ परेका हुन् ।

झापाबाट काठमाडौं चल्ने बसमा अवैध कपडा ल्याउँदा प्रहरीले बरामद गरेको र सो छुटाउन उनीहरुले घुस दिन खोजेको बताइएको छ । बरामद कपडाको मूल्य ६० लाख बराबरको रहेको प्रहरीले जनाएको छ ।