डिप्रेसनबाट पीडित एक महिला पोखरामा पुलबाट हामफालिन

पोखरा, पुस १४ ।
पोखरा महानगरपालिका–३० भलाम र दीप जोड्ने कालीखोला पुलमा एक महिला मृत भेटिएकी छिन् । झोलुङ्खे पुलबाट हामफालेर आत्महत्या गरेको बताईएको छ । स्याङजा फेदीखोला घर भएकी ३५ बर्षिया विष्णु कार्कीले आत्महत्या गरेकी हुन् ।

उनी माइत घर बस्दै आएकी थिईन् । पुलबाट हामफालेकी उनी १ सय मिटर तल खेतमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । आज विहान करिव ८ बजे भएको उक्त घटनाबारे जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगरको टोलीले उनको शब पत्ता लगाएको थियो । प्रहरीका अनुसार, निज महिलालाई हल्का डिप्रेशनको समस्या थियो ।