डिजेल पेट्रोलको भाउ घट्यो

पोखरा, भदौ २४ ।
पाइपलाइन सञ्चालनमा ल्याएक कै दिन नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गरिएको आयल निगमले जानकारी दिएको छ ।

पाइपलाइन सञ्चालनमा आउने भएकाले त्यसबाट हुने बचत उपभोक्तालाई दिन पनि मूल्य समायोजन गरिएको निगमले जानकारी दिएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्ने छ । प्रति २ रुपैयाँ घटाइएको निगमले जानकारी दिएको छ ।

यो सँगै अब पेट्रोलको मुल्य प्रतिलिटर १०६ रुपैयाँ ५० पैसा र डिजेल र मट्टितेल ९४ रुपैयाँ ५० पैसा प्रतिलिटर हुने छ । आयल निगमले हवाइ इन्धन र ग्यासँको मुल्य भने यथावत राखेको छ ।