डिएनए फलोअप–महानगरलाई टेरेन क्रसरले

पोखरा, चैत २१ ।
अबैध रुपमा क्रसर चलाएपछि गएको विहिबार पोखरा लेखनाथ महानगरपालिकाले २ वटा क्रसर उद्योगको चावि नियन्त्रणमा लियो । पोखरा १ जौवारी र २१ को दोविल्लामा रहेको क्रसर उद्योग तत्काल नचलाउन निर्देशन दिएर चावी खोसिएको थियो । तर दोविल्लाको क्रसर उद्योगले पुनः महानगरको निर्देशन अटेर गरी क्रसर चलाएको छ । मंगलबार विहान मास्टर चावी प्रयोग गरेर क्रसर चलाईएको महानगरले जनाएको छ । ‘हामीले एउटा चावि नियन्त्रणमा लियौं । अर्को चाविले खोलेर फेरी क्रसर चलाएको सूचना आयो, महानगरका प्रमुख प्रशासकीय अधिकृत दीर्घनारायण पौडेलले भने–महानगरलाई पनि छलेर काम भयो । त्यसपछि अर्को चावी पनि नगर प्रहरीले नियन्त्रणमा लिएका छन् ।’ कानुनी प्रक्रिया नपुगेका कुनैपनि क्रसर चलाउन नदिने उनको अडान छ । ‘ब्यवसायीलाई महानगरले बोलाएको छ । एकपटक आउनुभएको थियो, उनले भने–फेरी के सोचेर खोल्नुभयो थाहा भएन । प्रक्रिया नपुगेका क्रसर कुनैपनि हालतमा चल्न दिदैनौं, महानगर यसमा स्पष्ट छ ।’
आयोजनाको नाममा अध्ययन विना वडा कार्यालयको सामान्य स्विकृतिको भरमा मात्रै क्रसर चलेको हो । निर्मलपोखरी–कृष्ती–भरतपोखरी सडक स्तरोन्नतीका लागि क्रसर चलाईएको भनिएपनि तयार भएका सामग्री अन्यत्र पनि विक्रि गरेको भेटिएको छ । क्रसरका सञ्चालक चिरञ्जीवि पोख्रेलले डकुमेण्ट पूरा गरिसकेको प्रतिक्रिया दिए । ‘डकुमेण्ट पूरा भएको भनेर कर्मचारीले चलाएछन् । स्विकृतिको पत्र नपुगेको भनेर नगरपालिकाले फेरी चावी खोस्यो, उनले भने–त्यो पनि बुझाईसकेका छौं । भोलिबाट (बुधबार) लगातार उद्योग चल्छ ।’ महानगरले चाहीँ अहिलेकै अवस्थामा क्रसर चल्न सक्ने अवस्थामा नरहेको जनाएको छ । जौवारीको क्रसरचाहीँ विहिबार देखि नै बन्द छ । सिञ्चाईंको सिफारिसमा सेतीको ड्याम बनाउन क्रसर राखिएपनि उद्योग चलाउने स्विकृति छैन । तोकिएको भन्दा बढी सामग्री झिकिएको महानगरले जनाएको छ । यस्तै पोखरा १४ बाच्छिबुडुवाको क्रसर पनि बनिरहेको छ । तर प्रयोगमा ल्याउन महानगरका प्रशासकीय अधिकृत पौडेलले बताए । अबैध रुपमा क्रसर चलेको समाचार प्रकाशन भएपछि महानगरका प्राविधिकले अनुगमन गरेर चावि नियन्त्रणमा लिएको हो ।