डा केसी पक्राउको विरोधमा पोखरामा र्याली

पोखरा, पुस २५ ।
अदालत अवहेलनाको मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीको समर्थनमा आज बिहान ८ बजे पोखराको चिप्लेढुंगामा प्रदर्शन हुने भएको छ । डा. केसी पक्राउको विरोध गर्दै सर्वसाधारण नागरिकले र्याली निकाल्न लागेका हुन् । डा केसीको हरेक अनसनलमा पोखरेली समुदायले पनि साथ दिँदै आएका छन् ।
डा केसीलाई सोमबार राति ८ बजे अनसनस्थलबाट नै पक्राउ गरिएको हो । डा केसीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा र उनले गरेका कामहरु बारे छानबिन गर्न माग गरेका छन् । डा केसीले चार वर्षअघि बरखास्तमा परेका आइओएमका डिन डा शशि शर्मालाई सर्वोच्चले पुनर्बहाली गरेपछि सोको विरोध गरेका थिए । सोही प्रकरणमा उनले सोमबार दिउँसोबाट अनसन सुरु गरेका छन् । प्रहरी हिरासतमा रहेका डा केसीले त्यहाँ पनि अनसन जारी राखेका छन् । र्यालीले पोखराका विभिन्न चोकहरुबाट नगरपरिक्रमा गर्ने कार्यक्रम छ ।