ठूलो परिणाममा लागू औषध सहित पोखराको न्यूरोडबाट २ जना पक्राउ

पोखरा, कार्तिक ८ ।
पोखराबाट ठूलो मात्रामा लागू औषध सहित २ जना पक्राउ परेका छन् । न्यूरोडबाट अवैध रुपमा लागू औषध विक्रि गर्न लागेको गोप्य सूचनाका आधारमा कास्की प्रहरीले उनीहरुलाई लागू औषध सहित पक्राउ गरेको छ ।

प्रहरी निरिक्षक गणेश सुवेदी नेतृत्वमा गएको सादा पोशाकको प्रहरी टोलीले पोखरा ७ रत्नचोक बस्ने २३ बर्षिय सन्दिप गुरुङ र पोखरा ५ का ३० बर्षिय अभिनाश गुरुङलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट २ सय ६१ एम्फुल, ८७ थान डाईजापाम, ८७ थान फेनेरागन, ८७ थान बुफ्रिनर्फिन र ९५ थान नाईट्रोजन चक्की बरामद गरेको छ । उनीहरुलाई लागू औषध मुद्धामा म्याद थप गरि अनुसन्धान थालिएको कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।