ट्रयाक्टर पल्टिँदा तीन जनाको मृत्यु

खोटाङ, पुस ८ ।
ट्याक्टर दुर्घटना हुँदा खोटाङमा तीन जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । दिक्तेलबाट निर्मलीडाँडातर्फ जाँदै गरेको को२त ५६६० नम्बरको ट्याक्टर आइतबार बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २१ वर्षीय माइकल राई, ३५ वर्षीय मीनप्रसाद लुइँटेल र सोही नगरपालिका–७ दोर्पा्चिउरीडाँडाका १९ वर्षीय खेमराज भुजेलको मृत्यु भएको हो ।

घटनामा निर्मलीडाँडाकै २१ वर्षीय दुर्गाबहादुर लुइँटेल गम्भीर घाइते भएका खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा्स्थित कालीखोलामा ट्याक्टर दुर्घटना हुँदा चालक मीनप्रसाद र ट्याक्टरमा सवार माइकलको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटनामा गम्भीर घाइते सहचालक खेमराजको उपचारका क्रममा जिल्ला अस्पताल दिक्तेलमा मृत्यु भएको हो । दिक्तेलबाट खाली फर्किएको ट्याक्टर सडकबाट करीब २०० मिटर तल खसेको जनाइएको छ ।

File Photo