ट्रक र बस जुध्दा ३६ जनाको मृत्यु

एजेन्सी, असोज १२।
चीनमा भएको एक सडक दुर्घटनामा ३६ जनाको मृत्यु भएको छ । पूर्वी चिनको जिआङ्गसु प्रान्तमा एउटा ट्रक र बस एक आपसमा जुधेका थिए । बसमा करिब ६९ जना यात्रु सवार थिए । तीमध्ये ३६ जनाको मृत्यु भएको छ भने ९ जना गम्भिर घाइते भएका छन् ।

२६ जना यात्रुलाई चोट लागेको छ । करिब आठ घण्टाको उद्धार कार्यपछि चाङ्गचुन–सेन्जेन राजमार्ग फेरि सुचारु भएको छ । यस्ता ठूला राजमार्गहरुमा अधिकांश सडक दुर्घटनाहरु भइरहन्छन् ।

एक रिपोर्टअनुसार गत २०१५मा सडक दुर्घटनामा ५८ हजार मानिसको मृत्यु भएको थियो । ९० प्रतिशत दुर्घटनाहरु ट्राफिक नियमको उल्लंघनका कारण हुने गरेका छन् ।