ट्याक्सी चालकलाई समातेपछि पोखराका ब्यवसायी आन्दोलित

पोखरा, पुस २६ ।
ट्याक्सी चालकलाई नियमविपरित प्रहरीले समातेको भन्दै पोखराका ट्याक्सी ब्यवसायीहरु आन्दोलित भएका छन् । मिटरमा नचल्ने ट्याक्सीलाई ट्राफिक प्रहरीले कारबाही गरेर चालकलाई थुनेपछि ब्यवसायीहरु बुधबार विहानैदेखि आन्दोलनमा उत्रिएका हुन् । मंगलबार पोखराका विभिन्न ठाउँबाट सिविल पुलिसले १८ जनालाई समातेर जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।
‘सादा पोसाकका प्रहरीहरु आएर ट्याक्सीमा बस्नुहुन्छ । पैसाको कुरा गर्नुहुन्न, एक ब्यवसायीले डिएनए नेपालसँग भने–वहाँहरु पैसा नतिरिकन चढेपछि मिटरमा गएनगएको कसरी थाहा हुन्छ ?’ उनले रेकर्ड विना प्रहरीले कारबाही गरेको गुनासो गरेका छन् । पोखरामा धेरै पहिलेदेखि ट्याक्सीहरु मिटरमा नचलेको गुनासो सुनिँदै आएको हो ।
पहिलेकै नियम कार्यान्वयनका लागि सादा पोसाकका प्रहरी खटाएर एक्सनमा गएको ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । ब्यवसायीको आन्दोलनले पोखराको मुख्य चोक पृथ्वीचोकमा गाडीहरु लामो जाममा परेका छन् । उनीहरु नाराबाजी सहित सडकमा प्रदर्शन गरिरहेका छन् ।
तस्विर सुदर्शन रञ्जित