ट्याक्टर पल्टिएर पोखराका बरालको मृत्यु

पोखरा, कार्तिक १७ ।
कास्कीको मादी गाउँपालिका वडा नम्बर ५ काउरे वनमा ट्याक्टर पल्टिँदा एकजनाको मृत्यु भएको छ । मादी ७ सिल्दुजुरेबाट अवैध कटिङ ढुंगा बोकेर पोखरा झरेको ग १ त १९८९ नम्बरको ट्याक्टर विहिबार राती पल्टिएर पोखरा १३ आर्वाका १७ बर्षिय गोविन्द बरालको मृत्यु भएको हो ।

अवैध रुपमा निकालिएको ढुंगा रातको मौका छोपेर पोखरा लैजान लागिएको थियो । काउरेको ओह्रालोमा ब्रेक फेल भएर पल्टिएको बताईएको छ । ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा छन् ।