ट्याक्टर पल्टिँदा वनभोज खाएर फर्केका ३ जनाको मृत्यु, ३६ जना घाईते

उदयपुर, कार्तिक २५ ।
उदयपुरको वेलका नगरपालिका ८ रंगकमलमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । उदयपुर र सुनसरीको सिमाना कोशी पुलमा वनभोज खाएर फर्कर्दै गरेको स १ त ५८५० नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको र ३६ बढी घाइते भएका प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा १९ वर्षकी विनिता चौधरी, २० वर्षका इन्द्र चौधरी र २० वर्षका दीपिका चौधरी रहेका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । दुर्घटनामा परेका सबै वेलका नगरपालिका २ भागलपुरका स्थानीय हुन् ।

घाइतेहरुको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । तीब्र गतिका कारण दुर्घटना भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक नवीन सिंहले जानकारी दिए ।