ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु !

रुकुम, जेठ १० ।
रुकुमपूर्वको भुमे गाउँपालिका ७ बालुवामा ट्याक्टर दुर्घटना हुदाँ दुईको मृत्यु भएको छ । भुमेको देउखोलाबाट सिस्ने गाउँपालिका ५ रुकुमकोटतर्फ आउँदै गरेको ग १ त २५९२ नम्बरको ट्याक्टर सानीभेरीमा खस्दा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सिस्ने ४ अमलाचौरका रामचन्द्र बाहोरा र रुकुम पश्चिम त्रिवेणी ५ का लक्ष्मण ओली रहेका छन् । रामचन्द्रको घटनास्थालमै र लक्ष्मणको उपचारका क्रममा जिल्ला अस्पताल रुकुम पश्चिममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा पुथाउत्तरगंगा गाउँपालिका ४ का कृष्ण रसाइली गंभिर घाइते भएका छन् । उनको जिल्ला अस्पताल रुकुमपश्चिममा उपचार भइरहेको छ ।