ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

पोखरा, कार्तिक १२ ।
मनाङमा ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ । नासों गाउँपालिका ९ एक्लेभट्टीमा दानक्युबाट तालगाउँ जाँदै गरेको ट्याक्टरबाट खसेर परिचय नखुलेका एक ब्यक्तिको मृत्यु भएको हो ।

ग १ त ५६०६ नम्बरको ट्रयाक्टरबाट अन्दाजी ४५ बर्षका पुरुष खसेका थिए । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।