टुकुचेको झोमो फांटमा प्रदेश सरकारको सहयोगमा सिचाइ पुगेपछि कृषकहरु उत्साहित

पोखरा २४ मंसिर ।
हिमाली जिल्ला मुस्ताङको टुकुचेका किसानहरुले चिसो मौसममा रातको समयमा पालो कुरेर खेतवारीमा पानी लगाउने समस्या टरेको छ । गण्डकी प्रदेश सरकारले टुकुचेको झोमो फांटमा २ करोड ३० लाखको लागतमा नजिकैको थापाखोलाबाट १५ सय मिटरको नहरबाट पानी लगेर पोखरी निर्माण गरी सिचाइ गर्न थालेपछि स्थानियहरुले रातको समयमा पालो कुरेर पानी लगाउने समस्याबाट मुक्ति मिलेको हो । कच्ची नहरबाट पानी लगी ढलान नभएको पोखरीबाट सिचाइ गर्नुपर्दा मुस्किलले ३० देखी ३५ दिनमा पालो पाउने किसानले यतिवेला भने पांचदेखी सात दिनको दिन आफ्नो बारीमा सिचाइ गरिरहेका छन । यसरी पक्की नहरबाट सिचाइ हुन थालेपछि स्थानिय कृषकहरु सिचाइको माध्यामबाट उत्पादन बढ्नेमा ढुक्क बनेका छन ।

सिचाइ आयोजना सम्पन्न भएपछि ५५ सय हेक्टरमा पूर्ण रुपमा सिचाइ उपलब्ध हुने भएको हो । झोमो फांटमा ब्यवस्थित सिचाइ नहुदा वर्षौदेखी किसानहरुले महिनौ कुरेर आफ्नो खेतबारीमा सिचाइ गर्दै आइरहेका थिए । झोमो फांटमा सिचाइको ब्यवस्था भएपछि केही स्थानियहरु आफ्नो ब्यवशायनै छाडेर कृषी तर्फ आकर्षित भएका छन । नहरबाट सिचाइ ल्याएर पोखरी बनाएर सिचाइ गर्दा ३० देखी ४० दिनमा पालो पाउने किसानले ५ दिनमा सिचाइको पालो पाउने गरेको थासाङ गाउपालिका वडा नम्बर १ का अध्यक्ष रत्न प्रसाद ज्वारचनले वताए । प्रदेश सरकारले आफ्नो ठाउमा सिचाइको योजना ल्याएको र त्यसबाट किसानको खेतीबाली सुकेर जाने दिन गएको र अव कृषकहरुलाई ठूलो राहत पुग्ने उनको भनाइ रहेको थियो ।

त्यसोत टुकुचे बजार माथिको झोमो फांटमा सिंचाइ आएपछि किसानहरु गाउ फर्किन थालेका छन । १५ वर्ष जापान वसेर काठमाण्डौमा होटल ब्यवशाय सञ्चालन गर्दै आएका सरोज तुलाचन आफ्नो ब्यवशायनै छोडेर गाउमा खेतीपाती गर्न लागेको वताए । झोमो फांटमा सिचाइको ब्यवस्था नहुदा आफुहरुले निकै कष्ट खेप्नुपरेकाले खेतीपाती छोडेर होटल ब्यवशाय सञ्चालन गर्दै आएको र हाल प्रदेश सरकारले सिचाइको ब्यवस्था गरेपछि आफु निकै उत्साहित भएर गाउ फर्केर खेतीपातीमा लागेको वताउदै हाल झोमो फांटमा वार्षिक ४ देखी ५ करोडको स्याउ उत्पादन हुदै आएको र आगामी वर्षहरुदेखी स्याउ उत्पादनमा वृद्धि हुने उनको भनाइ रहेको थियो ।

झोमो टुकुचे सिचाइ उपभोक्ता समितिका अध्यक्ष विष्णु शर्माका अनुसार झोमो फांट मुस्ताङकै ठूलो परिणाममा स्याउ उत्पादन हुने फांटको रुपमा चिनिदै आएको र सिचाइको ब्यवस्थापछि आगामी दिनमा अझै वढी परिणाममा स्याउ उत्पादन हुने वताए ।

टुकुचे फांट मात्र नभइ प्रदेश सरकारको सहयोगमा मुस्ताङको टुकुचेदेखी छुसाङ सम्मको कालीगण्डकीको तटमा नदी नियन्त्रण गरी तटवन्ध नियन्त्रण संगै वचेको जमिनमा खेतीपाती गर्ने काम भइरहेको छ । कालीगण्डकी नदीमा कटान भएको जग्गाको संरक्षण गरी कोवाङ क्षेत्रमा बांध निर्माण गरी स्याउ उत्पादन सुरु गरेको थासाङ गाउपालिका वडा नम्बर २ का अध्यक्ष नर प्रसाद हिराचनले वताए । प्रदेश सरकारको सहयोगमा तटवन्ध निर्माण कार्य सुरु भइरहेको र तटवन्धबाट जग्गा जोगाइ उक्त क्षेत्रमा स्याउका विरुवाहरु समेत रोप्न सुरु गरिएको अध्यक्ष हिराचनको भनाइ रहेको थियो ।

त्यसैगरी कोवाङ देखी माथी मार्फा क्षेत्रमा समेत विगत ८ वर्षदेखी स्थानियको सहकार्यमा नदी कटान भएको खाली जग्गाको संरक्षण गर्दै स्याउ खेती सुरु गरेको र पछिल्लो समय प्रदेश सरकारले मुख्यमन्त्री कृषि कार्यक्रम अन्तर्गत सिचाइको ब्यवस्था गरेको र यो वर्ष प्रदेश सरकारले पुन सिचाइ संगै बांध निर्माणको लागि बजेट छुट्याएर उक्त क्षेत्रको संरक्षण गर्ने काम भइरहेको स्थानिय पथ बहादुर थकालीले वताए ।

पटक पटक बाढी पसेर दुख दिने गरेको ठाउमा प्रदेश सरकारको सहयोगमा बांध संगै सिचाइको नहर निर्माण गरेपछि स्याउको वोटविरुवा वच्नुका साथै उत्पादनमा समेत बृद्धि हुने उनको भनाइ रहेको थियो । विकास पूर्वाधार निर्माणको अनुगमनमा पुगेका गण्डकी प्रदेश सरकारका भौतिक, पूर्वाधार बिकास मन्त्री राम शरण बस्नेतले प्रदेश सरकारले गरेको लगानीको प्रतिफल देखिन लागेकोमा खुसी देखिन्थे । प्रदेश सरकार गठन भएको तीन वर्ष पुग्नै लाग्दा प्रदेश सरकारले थालेको बिकास निर्माणको कामले जनताहरुलाई प्रत्यक्ष प्रभाव पर्ने खालको देखिएकाले टुकुचेका किसानहरु कृषितर्फ उन्मुख हुनेमा आफु विश्वस्त रहेको वताउदै आगामी दिनमा पनि प्रदेश सरकारले किसानको क्षेत्रमा सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।