टिभीएसको नयाँ फिचर, एनटर्क १२५ रेस एडिसन पोखरामा सार्वजनिक

पोखरा, पुस १७ ।
पोखरामा टिभीएस एनटर्क १२५ रेस एडिसन भित्रिएको छ । टिभीएस एनटर्क १२५ रेस एडिसन स्कुटरको गण्डकी तथा धौलागिरीको आधिकारिक विक्रेता बतास ब्रदर्श प्रालिले पोखरामा टिभीएस एनटर्क १२५ रेस एडिसन स्कुटर भित्राएको हो । स्कुटरको विहीबार एक कार्यक्रमका बिच नेपाली चलचित्रकी नायिका स्वस्तिमा खड्का, जगदम्बा मोटर्स प्रालिका भाइस प्रेसिडेन्ट दीपक अग्रवाल र बतास ब्रदर्श प्रालिका कार्यकारी निर्देशक प्रमेश पराजुलीले संयुक्त रुपमा सार्वजनिक गरे ।

नया मोडलमा आएको यो स्कुटरमा एलइडी डिआरएल र एलइडी हेडल्याम्प रहेको छ । म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड रंगमा उपलब्ध यो स्कुटरमा हजार्ड ल्याम्प अर्थात आकस्मिक वत्ति रहेको छ भने भाइब्रेन्ट चेकर्ड फ्ल्याग ग्राफिकसँगै ‘रेसिङ पेडिग्री झल्काउने ‘रेस एडिसन’ पनि स्कुटरको प्रमुख विशेषता हो ।

स्पोर्टी ब्लुटुथ कनेक्टेड यो टिभीएस एनटर्क १२५ सिसीको स्कुटर हो । यो स्कुटर माइलेज, स्टाइल र प्रविधिका लागि प्रख्यात छ । यसमा स्टेट अफ आर्ट सिभीटिआई–आरइभीभी १२४.७९ सीसी, सिंगल सिलिण्डर, फोर स्ट्रोक, ३ भल्भ, एयर कुल्ड इञ्जिन रहेको जनाइएको छ । कार्यक्रममा टिभीएस एनटर्क १२५ की ब्राण्ड एम्बासेडरसमेत रहेकी नायिका स्वस्तिमा खड्काले ४० जना ग्राहकलाई टिभीएस एनटर्क १२५ रेस एडिसनको चावी हस्तान्तरण गरिन् ।