टिपर र मोटरसाईकल ठोकिँदा थापा घाईते

पोखरा, कार्तिक १७ ।
तनहूँको शुक्लागण्डकी नगरपालिका ७ कुम्ले खोला मा टिपर र मोटरसाईकल ठोकिँदा एकजना घाईते भएका छन् । ग १ ख ७७४० नम्वरको टिपर र ग १० प ७३९४ नम्वरको मोटरसाईकल ठोकिएका हुन् ।

दुर्घटनामा मोटरसाईकल चालक सोही ठाउँका ३३ बर्षिय जगनबहादुर थापा घाईते भएका छन् । उनको जिपी कोइराला श्वास प्रश्चास केन्द्र वेलचौतारा पठाइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि चरक मेमोरियल अस्पताल पोखरामा रिफर गरिएको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।