टिपर पल्टदा दुई जनाको मृत्यु

रसुवा, कार्तिक १२ ।
रसुवामा टिपर पल्टिँदा दुईजनाको मृत्यु भएको छ । तीजना घाईते भएका छन । कालिका गाउँपालिका–४ आम्बासमा बालुवा बोकेर पारच्याङतर्फ गइरहेको बा ४ ख ८३६६ नम्बरको टिपर पल्टिँदा नौकुण्ड गाउँपालिका–३ का ४१ वर्षीय कामी तामाङ र १५ वर्षीय प्रकाश तामाङको मृत्यु भएको हो ।

घाइते चालक जीवराम थोक्रासहित तीन जनाको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ । टिपर सडकदेखि २०० मिटर तल खसेको रसुवा प्रहरीका प्रमुख सन्तोष तामाङले जानकारी दिए । घटनाबारे अनुसन्धान भैरहेको उनको भनाई छ ।