टाटासुमोको ठक्करले महिलाको मृत्यु

पोखरा, असार १ ।
आँबुखैरेनी–गोरखा सडक खण्डको तीन किलोमा गएराती टाटासुमोको ठक्करबाट एक महिलाको मृत्यू भएको छ । आँबुखैरेनीबाट गोरखातर्फ जाँदै गरेको ग १ ज ६५९४ नम्बरको सुमोले पानी लिएर घरतर्फ जाँदा बाटो काट्दै गरेकी गोरखा नगरपालिका १३ सिमलगैरीकी ४५ वर्षिया ज्ञानु लायो मगरलाई ठक्कर दिएको हो ।

ठक्करपछि घाईते मगरको तनहुँ स्थित छिम्केश्वरी अस्पतालमा उपचार गर्दै गर्दा मृत्यू भएको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण दुर्घटना भएको हुन सक्ने अनुमान ट्राफिक प्रहरीको छ ।

दुर्घटना गराउने चालक गोरखा नगरपालिका ७ सिमलगैरी बस्ने वर्ष २८ का इश्वर कोईराला र गाडी प्रहरी नियन्त्रणमा रहेको डिएसपी भेषराज रिजालले बताए । आक्रोशित स्थानीयले गएरातीदेखि अवरुद्ध गरेको गोरखा–आँबुखैरेनी सडक भर्खरैदेखि सुचारु भएको छ ।