ज्वाइँको वर्थडे पार्टीमा पूर्वराजाको डान्स !

काठमाण्डौं, मंसिर ९ ।
पूर्वराजपरिवारका सदस्यहरू दरबारमार्गस्थित एक रेष्टुराँमा भएको वर्थ डे पार्टीमा सहभागी भएका छन् । ‘द त्रिसरा रेष्टुरेन्ट’मा पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजिव शाहीको बर्थ डे पार्टी थियो ।

त्यसमा शाहसँगै पूर्वरानी कोमल, पूर्व युवराज पारससहित राजपरिवारका सदस्यहरु सहभागी थिए । पार्टीका क्रममा पूर्वराजा ज्ञानेन्द्रले डान्स गरेको समेत फोटोमा देखिएको छ ।अहिले पूर्वराजाको डान्सलाई लिएर धेरैले चासोका साथ टिप्पणी गरिरहेका छन् । सामाजिक सञ्जालहरुमा पनि पूर्वराजा नाचेको फोटो शेयर भैरहका छन् ।