जोमसोममा भीषण आगलागी, दुईतले घर नष्ट

जोमसोम, मंसिर १३ ।
मुस्ताङको घरपझोङ गाउपालिका वडा नम्बर ४ स्थित जोमसोम गुम्बा नजिक दुई तले फर्निचरसहित रहेको पक्की भवनमा मध्यरातमा भिषण आगोलागी भएको छ । जंगलमा दाउरा खोज्न घर बाहिर निस्किएका स्थानीय लेखबहादुर गुरुङले आगो देखेपछि तत्काल छिमेकीहरुलाई खबर गरेका थिए ।

थासाङ गाउँपालिका लार्जुङ घर भएका स्थानीय मीनप्रसाद थकालीको जोमसोम गुम्बा नजीक भएको घरमा आगोलागी भएको हो । आगोलागिपछि नेपाल प्रहरीका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद रेग्मीको नेतृत्वमा प्रहरी टोली बिहान ३ बजे घटनास्थलमा पुगेको थियो ।

प्रहरी संगै शसस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्दारका लागि खटिएको छ । यस्तै प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्री समेत आगोलागि भएको ठाउँमा पुगेका थिए । आगोलागिपछि सबै सामानहरु जलेर नष्ट भएका छन् । उद्दार टोलीले ३ घण्टा प्रयास गरेपछि बल्ल आगो नियन्त्रणमा आएको थियो ।