जीपले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु

पोखरा, कार्तिक ६ ।
स्याङजामा पिकअप जीपले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । गल्याङ १ मालुंगामा लु १ च ७२५६ नम्बरको जीपले लु ३७ प ३०९० नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

ठक्करबाट स्कुटरमा सवार गुल्मी मालिका गाउँपालिका १ घर भएकी रुपा थापा मगरको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाईते उनको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो ।

उनका श्रीमान २७ बर्षिय महेश पुन मगरको लुम्बिनी मेडिकल कलेजमा उपचार भैरहेको छ । जीप र चालक प्रहरी नियन्त्रणमा छन् ।