जापानी टोलिले पोखरामा पाँचतारे होटल बनाउने

पोखरा, असोज ३ ।
पोखरा, ३ असोज र नेपाल सरकार लगानी बार्डले जापान क्लब इन्टरनेशनलाई पोखरा सहित तीन ठाउँमा पाँचतारे होटल बनाउन स्वीकृति दिएको छ । लगानी बोर्डको बुधबार बसेको बैठकले जापानी लगानीकर्तालाई पोखरा, काठमाडौंको थानकोट र भक्तपुरमा पाँच तारे होटल स्थापनाका लागि लगानी स्वीकृत गरी आवश्यक प्रक्रिया अगाडि बढाउन स्वीकृती दिएको हो ।

करिब १३ अर्ब ९० करोड लागतमा तीन ठाउँमा होटल स्थापना गर्न, पर्यटन प्रवद्र्धधन गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन निर्देशन समेत दिएको छ । जापान क्लब इन्टरनेशनल जापानको प्रतिष्ठित होटल समूह हो । यो समुहले नेपालमा लामो समय देखि होटल स्थापना गर्ने प्रस्ताव सरकार सगँ गरेको थियो ।

सांकेतिक तस्विर