जब समातिएको ७ करोड भारु गन्दा गन्दै थाके प्रहरी

काठमाण्डौं, जेठ ११ ।
शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले युनुस अन्सारीसहितको समूहबाट ७ करोड ६७ लाख ९४ हजार नक्कली नोट बरामद गरेको छ । विमानस्थलबाट २ वटा बाकसमा उक्त रकम बरामद गरी प्रहरीले साढे तीन घन्टाभन्दा बढी समय लगाएर नोट गनेको थियो ।

नोट गन्दा प्रहरी बीचमै थाकेको पनि बताइएको छ । करिब पौने ८ करोड बराबरको भारतीय नक्कली नोटसहित पक्राउ परेका ६ जनालाई सार्वजनिक गरिएको छ । महानगरीय प्रहरी परिसरका अनुसार कतारको दोहाबाट उडेको कतार एयरवेजको विमानबाट ७ करोड ६७ लाख ९४ हजार नक्कली नोट काठमाडौं ल्याइएको थियो ।

शुक्रबार बिहान ९ः४० मा काठमाडौं उत्रिएको विमानमा सवार ३ जना पाकिस्तानी नागरिकले नेपाल ल्याउँदै गरेको सो परिमाणको नोट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुरक्षा जाँचका क्रममा बरामद गरिएको हो ।

पक्राउ पर्नेमा पाकिस्तानी नागरिक ६७ वर्षीय नासिर उद्धिन, ३९ वर्षीय नादिया अनवर, ४९ वर्षीय मोहमद अख्तर रहेका छन्। यस्तै नोट लिन विमानस्थल पुग्ने नेपाली नागरिकमा ललितपुर ताल्छीखेल बसने युनुस अन्सारी सहित रौतहटको रमौली बैरिया नगरपालिका १ बस्ने सुबल खान र अन्सारीका गाडी चालक भक्तपुरको सूर्य्विनायक नगरपालिका ५, बालकोटका सुजन रानाभाट छन् ।

भारतीय जाली नोटको कारोबारमा पटक(पटक जेल सजय भोगिसकेका अन्सारीसहित सबै ६ जनालाई नै पक्राउ गरेको हो । जाली नोट कारोबार गरेको आरोपमा जेल सजाय भोगिरहेका बेला उनलाई केन्द्रीय कारागारभित्रै गोली प्रहार भएको थियो ।