जनप्रतिनिधिको भत्ता एक दिनमै १५ हजार

धनुषा, फागुन १९ ।
स्थानीय जनप्रतिनिधिहरूले दैनिक भत्ता १५ हजार रुपैयाँसम्म लिने गरेका छन् । स्थानीय तहका प्रमुखले सालीलाई र उपप्रमुखले श्रीमतीलाई भान्सेको रुपमा नियुक्ति दिएर तलब लिने गरेको पाइएको छ । धुनषाको मिथिला नगरपालिकाको यो खबरलाई नयाँ पत्रिकाले पहिलो पृष्ठमा छापेको छ ।

नगरपालिकाबाट मेयर हरिनारायण महतो, उपमेयर ताराकुमारी बस्नेत, वडाध्यक्षलगायतका १० जनाको टोलीले गरेको अनुगमनको नाममा नगरपालिकाले दुई दिनको भत्तास्वरुप जनही ३० हजारका दरले भुक्तनी दिएको दियो ।

गत आर्थिक वर्षमा मात्र यो नगरपालिकाका मेयरसहित सदस्यहरुले गैरकानूनी रुपमा बैठकभत्ता शीर्षकमा २६ लाख २ हजार ३ सय ५० रुपैया बुझेका छन् । महालेखाले गैरकानूनी रुपमा लिएको बैठक भत्ता उनीहरुबाट असुलउपर गर्नुपर्ने बताएको छ ।