जनता धनी बनाउने पार्टी काँग्रेस हो–चालिसे

पोखरा, मंसिर ३ ।
नेपाली काँग्रेसका नेता कास्की क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार देवराज चालिसेले जनतालाई देशको मालिक बनाउने जिम्मेवारी काँग्रेससँग मात्रै भएको बताएका छन् । पोखरा ९ मा शनिबार चुनावीसभालाई सम्बोधन गर्दै उनले कम्युनिष्टका चिप्ला कुराले नागरिकको समृद्धी खोसिएको टिप्पणी गरे । कम्युनिष्टले जहिले पनि गरिवको पार्टी भन्दै भोट माग्ने तर उनीहरुको आर्थिक स्थिती सुधार गर्न कहिलै नचाहाने भएकाले भ्रममा नफस्न मतदातासँग आग्रह गरे । ‘उनीहरु हामीलाई धनी देख्छन् । काँग्रेसलाई धनीहरुको पार्टी भन्छन्–हामी स्वीकार्छौं । त्यसैले गरिवलाई धनी बनाउने जिम्मेवारी काँग्रेसको काँधमा छ, हामीलाई अवसर दिनुस् ।’
शनिवार नै पोखरा २० भलामको चुनावी सभालाई सम्बोधन गर्न पुगेका चालिसेले भलाम र मौजा पनि अव शहर बन्ने बताए । ‘महानगर बनेपनि अहिलेसम्म नगरपालिका जस्तो छैन । सडकको हालत यस्तो छ, स्थानीयसँग उनले भने–काँग्रेसलाई भोट नहालेर ठूलो गल्ती गर्नुभो । अव गल्ती नदोहो¥याउनुस् ।’ विपक्षीहरु चुनावमा मात्रै जनतासँग नजिक हुने भन्दै उनले काँग्रेसले जनताको विश्वास नतोड्ने प्रतिबद्धता जनाए । चालिसेले शनिवार पोखरा १७ र ७ का विभिन्न वडाहरुमा चुनावी एजेण्डा सहित जनताको घरदैलो पुगेका थिए ।