जङ्गलमा युवायुवतीको शव भेटियो
कैलाली, बैशाख २० ।
कैलालीको घोडाघोडी नगरपालिका–३ मा रहेको कालिका सामुदायिक वनमा दुई शव फेला परेको छ । उक्त शव घोडाघोडी नगरपालिका–३ का २३ वर्षका शिवराज चौधरी र जोशीपुर गाउँपालिका पिपरकोटीकी २५ वर्षकी निर्मला चौधरीको रहेको खुलेको छ । उनीहरू दुवैले विष सेवन गरी आत्महत्या गरेको हुन सक्ने बताएको छ ।
शव परीक्षणका लागि धनगढी पठाएको सुखड इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए । शवमा किरा पर्न थालेकाले केही दिनअघि आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।
केही दिनअघि एक महिलाले माइती पक्षलाई फोन गरी श्रीमानको कुटाइको पीडा सहन नसकी आत्महत्या गर्दैछु भन्ने जानकारी गराएकी भन्दै खोजी गरेका थिए । ती महिला यिनै निर्मला चौधरी हुन सक्ने अनुमान गरिए पनि यकिन नभएको भन्दै अनुसन्धान भइरहेको जनाएको छ । रासस