जंगे पिलर सारिएकोमा तरुण दलको आक्रोश

पोखरा, माघ ५ ।
भारतीय पक्षबाट भएको सीमा अतिक्रमणबारे नेपाल तरुण दलले ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार प्रेस विज्ञप्ती जारी गरी अतिक्रमणबारे तत्काल अध्ययन गरेर आवश्यक समन्वयका लागि सम्बन्धित निकायसँग तरुण दलको माग छ । संचार माध्यममा भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गरको भन्ने समाचार आउँदा हामी दुखि र आक्रोसित छौं, विज्ञप्तीमा भनिएको छ–यसले हाम्रो अस्मितामाथी गम्भीर चोट पुगेको छ । तत्काल रोक्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउछौं ।’
घटनाको सत्यतथ्य पत्ता लगाइ बारम्बार हुने यस्तो सिमा अतिक्रमणको दीर्घकालीन समाधानको लागि उचित पहलकदमी लिन सरकार समक्ष जोडदार तरुण दलको माग छ । दादागिरी स्वरुपको अतिक्रमण बन्द नभए आफ्नो भूमी रक्षाका लागि जस्तोसुकै आन्दोलन परेपनि पछि नहट्ने तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीले बताए । पर्सा, रौतहट, कंचनपुर लगायत विभिन्न जिल्लाको नेपाली भूमी मिचेर जंगे पिलर सारिएको समाचार केही दिनअघि आएको थियो ।