चोरिएको ट्याक्सी दुर्घटना, पोखरा कृस्तिका २४ वर्षीय सुमनको मृत्यु

पोखरा, कार्तिक २१ ।
सोमबार राती पोखराको पुम्दीभुम्दीमा दुर्घटनामा परेको ट्याक्सी चोरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

ग १ ज ५४३ नम्बरको ट्याक्सी पोखरा २२ पुम्दीभुम्दी स्थित फलेंटेको मोडमा दुर्घटना भएको हो । दुर्घटनामा पोखरा महानगरपालिका–२१ कृष्ति बस्ने २४ वर्षका सुमन पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्सी सडकबाट १ सय मिटर तल खसेको थियो । सोही ट्याक्सी सोमबार राती दुर्घटनामा परेको हो ।ग्यारेजमा बनाउन दिईएको ट्याक्सी हराएको बताईन्छ । केही दिनअघि ट्याक्सी धनीले ट्याक्सी हराएको उजुरी प्रहरीलाई दिएका थिए ।

ट्याक्सी धनी पोखरा ५ जीरो किलोमिटर बस्छन् । ट्याक्सी चोरिएको भनेर उजुरी आएको प्रहरीले बताएको छ ।