चोरको निसानामा पोखराका वडा कार्यालय, पोखरा ३१ को वडा कार्यालयमा चोरी

पोखरा, जेठ २३ ।
पोखरा ३१ नम्बर वडाको कार्यालयमा चोरी भएको छ । नहरचोकमा रहेको कार्यालयमा बुधबार राती चोरी भएको हो । ढोका फोरेर एउटा कम्प्युटर लगेको र सिपियू चाहीँ ढोकाबाहिर भेटिएको वडा सचिव रेशमलाल पौडेलले बताए ।

कार्यलयको प्राविधिक शाखाबाट इन्जिनियरको डेक्सटप , सिपियु र जुनियर इन्जिनियरको ल्यापटप पनि चोरी भएको छ । वडागत योजनाका इस्टिमेट र विलहरु कम्प्युटर र ल्यापटपमा रहेको र सोही उपकरणहरु चोरिएका छन् ।

प्रहरीले अनुसन्धान गरिरहेको छ । यसअघि पनि पोखराका ५, १६ लगायतका विभिन्न वडाहरुमा चोरी भएको थियो । पछिल्लो समय चोरको निसानामा वडा कार्यालयका कम्प्युटर छन् । विशेष गरि डाटाका लागि चोरी गरेको हुन सक्ने अनुमान छ ।