चुनाव जितेपछि काँग्रेस उम्मेदवार विन्दु थापा (फोटो फिचर)

पोखरा, मंसिर २३ ।
कास्की निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा (ख)मा काँग्रेस उम्मेदवार विन्दुकुमार थापा बिजयी भएका छन् । बिजयी थापाले थापाले १० हजार ७ सय २६ मत पाएका छन् । उनका निकटतम प्रतिश्पर्धी राजकाजी गुरुङले ९ हजार ९ सय २४ मत पाएका छन् ।
थापाको विरुद्धका काँग्रेसकै महाधिबेशन प्रतिनिधी नरेशशंकर पालिखे वागी उठेका थिए । पालिखेको १ हजार २ सय ९२ मत पाए । निर्वाचन अधिकृतको कार्यालय २ ले बिजयी भएको घोषणा गरेको हो ।
चुनाव जितेपछि थापाले संविधान कार्यान्वयनमा सरकारलाई सघाउने प्रतिबद्धता जनाए । उनले ४ नम्बर प्रदेश र पोखराको गुरुयोजना तयार गरेर विकासका काम थालनी गर्ने बताएका छन् । ‘प्रदेश र आफ्नो निर्वाचन क्षेत्रका लागि मतादातासँग गरेका प्रतिबद्धता पूरा गर्ने मेरो पहिलो काम हो, उनले भने–यसका लागि विज्ञको सहयोगमा गुरुयोजना तयार गर्छु र कार्यान्वयनको चरणमा प्रबेश गर्नेछु ।’
बिजयी भएपछि पोखरामा काँग्रेसको बिजय र्याली निस्किएको छ । अन्य निर्वाचन क्षेत्रमा भने मतगणना भैरहेको छ ।
तस्विर-दुर्गाप्रसाद पौडेल