चिनियाँ राजदुतले भनिन्ः नेपालको दुखमा चीन पनि साथमै छ

पोखरा, चैत ११ ।
नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले नेपालको दुखमा चीन पनि साथै रहेको बताएकी छिन् । हतोत्साही नहुन भन्दै चीनले हौसला दिएको छ ।

नेपालमा कोरोना संक्रमित एक बिरामी भेटिएको पुष्टि भएलगत्तै नेपालका लागि चिनियाँ राजदूत यान्छीले ट्विट गरेर चीन नेपालको साथमै रहेको बताएकी हुन् । चीनले नेपालका लागि प्रार्थना गरिरहेको भन्दै उनले चिकित्सा सामग्रीहरूको सहयोगका लागि प्रयास गरिरहेको जानकारी दिएकी छन् ।

‘हामी नेपालका लागि प्रार्थना गर्दैछौँ । हाम्रा नेपाली साथीहरूलाई सहयोग र्पुयाउन चिकित्सा सामग्रीहरू ककेसम्म मिलाउँदै छौँ । हामी साथमा छौँ,’ उनले भनिन् ।

यसअघि पनि नेपाललाई सहयोगका लागि तयार रहेको बताएको थियो । नेपाल सरकारले दुखका बेला चीनलाई १ लाख थान मास्क सहयोग गरेको थियो भने नागरिक स्तरबाट पनि विभिन्न कार्यक्रम गर्दै चीनलाई हौसला दिईएको थियो ।

नेपालका सबैजसो गुम्बाहरुमा चीनको पक्षमा पुजापाठ गरिएको थियो । पोेखराको लेकसाईडबाट हुवेई प्रान्तका मेयरलाई नेपालीहरु चीनको दुखमा एकसाथ रहेको भन्दै हस्ताक्षर संकलन गरेर पठाईएको थियो ।