चन्द्रागिरी हिलमा हिउँ भुरुरु……..(फोटोफिचर)

काठमाण्डौं, माघ २६ ।
काठमाण्डौं उपत्यका वरपरका डाँडाकाँडामा हिउँ परेको छ । पश्चिमी वायुको प्रभावस्वरुप केही दिनदेखि भइरहेको वर्षाले चिसो बढेपछि चन्द्रागिरी, फूलचोकीलगायत काठमाडौं वरपरका डाँडाकाँडामा हिउँ परेको हो ।

 

हिउँले बोटविरुवासँगै निर्माण गरिएका संरचनाहरु सेताम्मे भएका छन् भने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । चन्द्रागिरी फुल्चोकीलगायतका डाँडाहरुमा विभिन्न उमेर समूहका व्यक्तिहरु शनिबार बिहानैदेखि हिउँको मजा लुटिरहेका छन् ।

 

पानी रोकिएर घाम लाग्न सुरु भएसँगै काठमाडौं उपत्यका वरिपरिको दृश्य थप चित्ताकर्षक देखिएको छ । यसअघि गत पुस २३ मा पनि चन्द्रागिरी, फूल्चोकीलगायतका डाँडाहरुमा हिउँ परेको थियो । चन्द्रागिरीमा परेको हिउँमा पर्यटकहरु पनि निकै मस्तीका साथ रमाईरहेका छन् ।


तस्विर–सुदर्शन रञ्जित