चट्याङ लागेर एकजनाको मृत्यु
कमल पौडेल
बागलुङ, बैशाख ३१ ।
बागलुङको गल्कोट नगरपालिका ११ रिघामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । रिघा तुतुङ्गामा चट्याङ लागेर एक महिलाको ज्यान गएको हो ।
घरको नजिकै घाँस काटिरहेकी ३८ वर्षिय पूर्णा श्रीसको चट्याङ लागेको मृत्यु भएको वडाध्यक्ष डम्बर श्रीसले जानकारी दिए । उनको शव पोष्र्टमाटमको लागी इलाका प्रहरी कार्यालय हरिचौर लैजाने तयारी छ । सोही ठाउँमा गत वर्षपनि चट्याङ पर्दा पशुचौपाया मरेका थिए ।
यस्तै, मध्यपहाडी लोकमार्ग अन्तर्गत बडिगाड गाउँपालिका ६, मार्केमा ट्याक्सीको ठक्करवाट एकजना गम्भिर घाइते भएका छन् । घ १ ज ५८२ नम्बरको ट्याक्सीले ठक्कर दिँदा स्थानिय ५० वर्षकी कुमारी थापा घाइते भएकी हुन् ।
थापाको टाउको र दाहिने खुट्टामा गम्भिर चोट लागेको र बडिगाड पोलिक्लिनीकमा प्राथमिक उपचार पछि थप उपचारको लागी भैरवा पठाइएको ग्वालीचौर प्रहरीले जनाएको छ ।