चक्लेट र पैसाको लोभ देखाएर ९ बर्षिया बालिकामाथी बलात्कार

रुकुम, कार्तिक २७ ।
रुकुम (पश्चिम) को त्रिवेणी गाउँपालिकामा एक बालिका बलात्कृत भएकी छन् । गाउँपालिका–८ की ९ वर्षीया एक बालिका बलात्कृत भएको प्रहरीले जानकारी दिएको छ ।

बालिकालाई सोही ठाउँका १९ वर्षीय सुरेश विकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । शुक्रबार भाइटीकाको दिन बेलुका विकले बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) का प्रहरी निरीक्षक ऋषिकुमार ढुंगानाले जानकारी दिए ।

साँझ घरमा बसीरहेकी बालिकालाई एक्लै बोलाई चक्लेट र पैसा देखाउँदै प्रलोभनमा पारेर घरभन्दा करिब दुईसय मिटर भर खोलामा लगेर बलात्कार गरेको पीडित परिवारले दिएको उजुरीमा उल्लेख छ । बालिकालाई बलात्कार गर्ने विक अहिले फरार रहेको प्रहरी निरीक्षक ढुंगानाले बताए ।

उनको खोजि भइरहेको प्रहरीले बताएको छ । पीडित बालिकाकाको आइतबार जिल्ला अस्पताल सल्लेमा स्वास्थ्य परिक्षण समेत गरिएको थियो । आइतबार नै पीडितले जिल्ला प्रहरी कार्यालयमा विक विरुद्ध उजुरी दर्ता गराएका छन् ।