घरेलु रक्सीको प्रयोग गरी स्यानिटाइजर निर्माण शुरू
काठमाण्डौं, चैत ४ ।
बजारमा सेनिटाइजरको चरम अभाव हुन थालेपछि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले घरेलु रक्सीको प्रयोग गरी स्यानिटाइजर निर्माण शुरू गरेको छ।ललितपुर महानगरपालिकाको आग्रहमा सेनिटाइजर निर्माण शुरू भएको हो। उपत्यकामा कोरोनाको त्रास बढेसंगै नाष्टका वैज्ञानिकले रक्सीसंगै विभिन्न रसायन प्रयोग गरी सेनिटाइजर निर्माण शुरू गरेका हुन् ।
ललितपुर महानगरपालिकाले सबै वडामा सेनिटाइजर उपलब्ध गराउने गरी नाष्टको बैज्ञानिकको सहयोगमा तालिम शुरू गरेको हो । नाष्टका सिनियर वैज्ञानिक डा.सजनलाल स्याउलाको नेतृत्वमा सेनिटाइजर निर्माण तालिम शुरू गरिएको हो । वैज्ञानिक स्याउलाले दुईदिन अघि दुई जना र आउदो आइतबार १० जनालाई तालिम दिने तयारी भैरहेको जानकारी दिए ।
तालिमपछि सेनिटाइजर निर्माण गरी सबै वडामा वितरण गर्ने ललितपुर महनगरपालिकाको योजना छ । वैज्ञानिक डा. स्याउलाका अनुसार घरमा पारिएको रक्सीलाई डिस्टील गरी अल्कोहलमा मिसिएको पानी निकाल्ने र त्यसमा हाइट्रोजन पेरो अक्साइड र ग्लिसेरोल र डिस्टिल वाटरको मिश्रण गरी सेनिटाइजर निर्माण गर्न सकिनेछ ।
कस्तो फ्लेवर वा वास्ना आउने बनाउन त्यस्तौ रसायनको प्रयोग गरिन्छ । नाष्टले तयार पारेका सेनिटाइजर विश्व स्वाथ्य संगठनको मापदण्डअनुसार भएको स्पष्ट पार्दै वैज्ञानिक डा. स्याउलाले भने– ‘उक्त सेनिटाइजर सबैले सजलैसंग प्रयोग गर्न मिल्ने छ ।’
विशेष गरी घरेलु रक्सिलाई डिस्टिलेशन गरी ७५ देखि ८५ प्रतिशत इथनोलको मात्रा निकाल्ने गरिन्छ । अधिकांस घरेलु रक्सीमा करिब ३६ प्रतिशत इथनोल मिसिएको हुन्छ । सेनिटाइजर बनाउन कम्तिमा पनि ८५ प्रतिशत इथलोल आवश्यक पर्छ । ‘त्यसलाई डिस्टिलेशन प्रोसेस गरी इथलोलको मात्रा बढाएर ८५ देखि ९० प्रतिशत पु¥याउने र केही रसायन मिलाएर सेनिटाइजर निर्माण गरिन्छ’ –डा स्याउलाको भनाइ थियो ।
तालिम लिने महानगरपालिकाको सहयोगमा सबैले आफैले घरेलु रक्सी लिएर नाष्ट पुग्ने गरेका छन् । महानगरवासीलाई माक्स वितरण शुरू गरेको ललितपुर महानगरपालिकाले नाष्टको सहयोगमा सेनिटाइजर निर्माण शुरू गरेको हो । ‘हामी वडाका स्वाथ्य स्वंसेवकलाई सेनिटाइजर निर्माण तालिम सम्पन्न गरेपछि सबै वडामा पु¥याउने योजना बनाएका छौं’ ललितपुर महानगरपालिकाका मेयर चिरिवावु महर्जनले भने ।
पत्रकार इश्वरराज ढकालले न्यूजअफ नेपालका लागि खवर लेखेका हुन् ।