घरायसी विवाद भएपछि पोखरामा अर्जुनले आफ्नै दाइलाई ढुङ्गाले हाने

पोखरा, बैशाख २८ ।
पोखरा महानगरपालिका(१६ अर्मला डिहिगाउँमा आफ्नै भाईले दाईलाई ढुङ्गाले हिर्काएर घाइते बनाएका छन् । शनिबार २८ बर्षीय राजु बिकलाई आफ्नै भाई १८ बर्षीय अर्जुन बिकले ढुङ्गाले हिर्काएर घाइते बनाएका हुन् ।

घरायसी विवादका कारण अर्जुनले ढुङ्गाले हिर्काउँदा राजुको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल पठाईएको छ । घटनाको थप अनुसन्धान भईरेहको प्रहरीले जनाएको छ ।