घरबाट भागेका दुई बालक अलपत्र भेटिए (खवर गरिदिनुहोला)

पोखरा, भदौ ७ ।
बुधबार बेलुकी देखि घर छोडेर हिडेका रन्जित क्षेत्री र बिबेक मगर नाम बताउने २ बालक अलपत्र अवस्थामा फेला परेका छन् । पोखराको पृथ्वीचोकमा उनीहरु भेटिएका हुन् ।

उनीहरुलाई स्थानीयले प्रहरीको जिम्मा लगाई पठाएका छन् । बालकहरुलाई चिन्नुहुनेले अभिभावकलाई खबर गरीदिन प्रहरीले आग्रह गरेको छ ।