घरको पर्खाल खसेर पोखरामा दुईजना घाईते

पोखरा, कार्तिक १४ ।
पोखरा ९ बास्तोलाथरमा घरको गारो खस्दा दुईजना घाईते भएका छन् । स्थानीय ईन्द्रप्रसाद बास्तालाको घरको कम्पाउण्डिङ गरिएको पर्खालमा खेल्ने क्रममा पर्खाल झरेको हो ।

५ बर्षका गौरव थापा र ७ बर्षका सुशान्त पोख्रेल घाईते भएका प्रहरीले जनाएको छ । उनीहरुको फिस्टेल अस्पतालमा उपचार भैरहेको छ ।