घटस्थापनामा गण्डकी प्रदेशमा सार्वजनिक विदा

पोखरा, असोज १० ।
गण्डकी प्रदेश सरकारले घटस्थापनाको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । विहिबार बसेको मन्त्रीपरिषद् बैठकले घटस्थापनामा विदा दिने निर्णय गरेको हो ।

यसअघि क्षत्री समाजले घटस्थापना हिन्दु धर्मावलम्वीको महान पर्व भएको भन्दै विदा दिनुपर्ने माग सहित मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो । त्यसकै आधारमा सरकारले विदा दिने घोषणा गरेको हो ।