ग्यासमा कमिसन बढाउन ब्यापारीको माग

काठमाडौँ, पुस २४ ।
ग्यास बिक्रेता महासंघले ग्यास बिक्री गरेवापत पाउँदै आएको ‘कमिसन’मा वृद्धि गर्न सरकारसँग माग गरेको छ । महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालको नेतृत्वमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेको टोलीले आयतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी ग्यास डिलरले हाल पाउँदै आएको ३२ रुपैयाँ कमिसनलाई ६७ पु¥याउनुपर्ने माग गरेको हो ।
ग्यासमा लगाउँदै आइएको मूल्यअभिवृद्धि कर (भ्याट) व्यवसायीले फिर्ता पाउने भएकाले त्यसलाई खारेज गरेर उपभोक्तालाई राहत दिनुपर्ने माग गरको अध्यक्ष अर्यालले बताए । सरकारले ग्यासमा १३ प्रतिशत भ्याट लगाउँदै आएको छ । उनले विराटनगर तथा वीरगञ्जमा ग्यासको मूल्य उपत्यकाको भन्दा रु ५० कमी हुनुपर्ने माग गरेको बताए । काठमाडौँमा ढुवानीमा बढी खर्च लाग्ने भएकाले सोही बराबरको मूल्य सीमा क्षेत्रका शहरमा हुन नहुने महासंघको तर्क छ ।