गौचन हत्याका मुख्य सुटर पक्राउ

काठमाण्डौं, माघ ९ ।
निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हान्ने मुख्य सुटरलाई प्रहरीले आज बिहान चितवनबाट पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र रुपन्देही प्रहरीको टोलीले मुख्य सुटर श्याम लामा गुम्बेलाई पक्राउ गरेको रुपन्देहीका एसपी श्याम ज्ञवालीले बताए । लामा पूर्व सैनिक हुन्। घटनाका प्रमुख योजनाकार समिरमान सिंह बस्नेतसहित यसअघि प्रहरीले ११ जनालाई पक्राउ गरिसकेको छ ।
गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित प्रयागचोकमा गोली हानी हत्या भएको थियो । मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गाडीमा रहेका गौचनमाथि गोली प्रहार गरेका थिए । हत्याका मुख्य योजनाकार बस्नेतले लिखित बयानमा गौचनले आफूलाई साढे २ करोड दिनुपर्नेमा त्यो नदिएपछि हत्या गरेको बताएका थिए । डाँफे कन्सट्रक्सनमा आफ्नो र कुमार घैंटेको लगानी रहेको र पैसा फिर्ता माग्दा नदिएपछि हत्या गरिएको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।