गोविन्दराज जोशीको फाइल अख्तियारबाटै गायव

काठमाण्डौं, असार ७ ।
अख्तियारले पूर्वमन्त्री एवं कांग्रेस नेता गोविन्दराज जोशीविरुद्ध दर्ता ‘अकुत’ मुद्दामा मागबमोजिमको निर्णय फाइल फेला पर्न नसकेको प्रस्टीकरण सर्वोच्च अदालतलाई दिएको छ ।

अख्तियारका सचिव महेश्वर न्यौपानेले सर्वोच्चमा गएर यस्तो प्रस्टीकरण बुझाएका हुन्। प्रस्टीकरणमा फाइल खोजीका लागि अख्तियारले विशेष समिति गठन गरेको उल्लेख छ ।

सर्वोच्चले गत जेठ २३ गते जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा निर्णय फाइल नपठाएर अख्तियारले असहयोग गरेको भन्दै अख्तियारका जिम्मेवार पदाधिकारीलाई सजाय र कारबाहीको चेतावनी दिएको थियो । अन्नपूर्ण पोस्टमा खबर छ ।