गोरखा मिलनको सहयोग

पोखरा, असोज १ ।
गोरखा मिलन समाज पोखराले आफ्नो स्थापना दिवसको अवसरमा पोखरा महानगरपालिका वडा नम्बर २० स्थित हरिहर गुफा भलाममा रहेका बृद्धबृद्धाहरुलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ । समाजको १८ औं स्थापना दिवसका अवसरमा संस्थाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ सहितको टोलीले भलाममै पुगेर सहयोग हस्तान्तरण गरेको हो ।
बृद्धाश्रममा सघाउनका लागि समाजका अध्यक्ष सहित ऋषि गिरी, कपिल पोख्रेल, तिलक तिवारी, सन्तबहादुर लामिछाने, कृष्णबहादुर बल्छौंडी, पुनम गुरुङ श्रेष्ठ गजिन्द्र पोख्रेल, हिरा ढकाल रेग्मी लगाएतले आर्थिक सहयोग गरेका कार्यक्रम संयोजक गोरखा मिलन समाज पोखराका सदस्य कृष्ण बहादुर बल्छौंडीले जानकारी दिए । सोही अवसरमा लायन्स क्लव पोखरा डल्फिनले पनि सहयोग गरेको क्लवका अध्यक्ष ऋषि गिरीले जानकारी दिए ।