गोरखामा मोटरसाइकलको ठक्करले एकको मृत्यु

गोरखा, कार्तिक २८ ।
गोरखा नगरपालिका(११ चौध किलोमा मंगलबार राति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । बा३७प ६९०१ नम्बरको मोटरसाइकले ठक्कर दिंदा सिरानचोक गाउँपालिका–४ का ६० बर्षिय हर्क बहादुर लामाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट घाइते लामाको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मंगलबार राति नै मृत्यु भएको जिल्ला ट्राफिक इन्चार्ज दयाराम पौडेलले बताए । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।